दाङ : काेइला बालेर सुतेकाे बेला निसास्सिएर एक जनाकाे ज्यान गयाे

 पुस १७, २०७८ शनिबार १४:३७:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरीमा गए राति सुतेको बेला निसास्सिएर एक जनाको ज्यान गएको छ । 

लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा बस्दै आएका करिब २९ वर्षीय कुसुम सुनारको निसास्सिएर गएराति ज्यान गएको  वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सुनार केही महिना यता अमिलियाको एक होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरि होटलको काम सकेर साँझ श्रीमान श्रीमती सँगै सुतेको र बिहान श्रीमती उठेर श्रीमानलाई बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

कोठा भित्र कोइला बालेर सुतेको कारण निसास्सिएर सुनारको ज्यान गएको प्रहरीले जनाएको  छ । श्रीमतीलाई अक्सिजनको मात्रा कमि भएको जस्तो देखिएकाले उपचारका लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया