‘ए’ डिभिजन लिग : मच्छिन्द्र र पुलिस खेल्दै, एएफसी कप छनोट खेल्न मच्छिन्द्रलाई जित्नैपर्ने दबाब

 पुस १८, २०७८ आइतबार ८:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्न लागेका हुन् ।

खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ । एएफसी कप छनोट खेल्न मच्छिन्द्रलाई आज खेल जित्नैपर्ने दबाब छ ।

मच्छिन्द्र ६ खेलमा १४ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

पुलिससँग हार वा बराबरीले मनाङ एएफसी कपका लागि छनोट हुनेछ । मनाङ ७ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । पुलिस ६ खेलमा ६ अङ्कसहित दशौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया