सन् २०२१ मा १ लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

 पुष १८, २०७८ आइतबार १६:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

मार्दी हिमाल ट्रेकिङ रुट, तस्बिर : एनटीबी

काठमाण्डाै – सन् २०२१ मा एक लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । हवाई र स्थलमार्गबाट गरेर एक लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएका पर्यटन विभागका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी नागरिक नेपाल आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक नेपाल आएका पर्यटन विभागले जनाएको छ ।

सन् २०२१ मा नेपाल आएका पर्यटकमध्ये झन्डै ४३ प्रतिशत अर्थात् ६४ हजार ६ सय ७३ जना भारतीय नागरिक रहेका छन् । कुल पर्यटकमध्ये भारतसहित सार्क राष्ट्रबाट ७१ हजार ६ सय १० जना, सार्कबाहेकका एसियाका अरू देशबाट नौ हजार आठ सय २५ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै युरोपबाट १६ दशमलव ७६ प्रतिशत अर्थात् २५ हजार तीन सय पाँच जना र अमेरिकन देशहरूबाट २२ हजार आठ सय ५३ जना पर्यटक नेपाल आएका छन् । यस्तै अस्ट्रेलिया र न्युजिल्यान्डबाट गरी दुई हजार पाँच सय ७१ जना पर्यटक नेपाल आएका पर्यटन विभागले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया