इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

 पुस १९, २०७८ सोमबार ७:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ ।

यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ ।

गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् ।

लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग एभर्टन ३ –२ गोल अन्तरले पराजित भयो  ।

यस्तै, ब्रेनफोर्डले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।   
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया