पेनाल्टी 'मिस' गर्दा सातदाेबाटाे हिमालयन शेर्पासँग पराजित

 पुस १९, २०७८ सोमबार १६:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई एक–शून्य गोल अन्तरले हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले खेलको ४५ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको हो ।

याे खेलमा सातदोबाटोले पनि खेलको इन्जुरी समयमा पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका खेलाडी मार्टिन सिलोले गोल गर्न सकेनन् ।

आजको जितसँगै शेर्पा सात खेलमा ११ अङ्क जोडर पाँचाैँ स्थानमा उक्लिएको छ । सात खेलमा आठ अङ्क जोडेको सातदोबाटो आठौँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया