केही दिनदेखि तराईमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

 पुष २०, २०७८ मंगलबार ७:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लाको जनजीवन  प्रभावित हुन थालेको छ ।

तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ ।

हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । केही विद्यालयले जाडो बिदासमेत दिन थालेका छन्  ।

चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ ।  आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । केही ठाउँमा बेलुकासम्म नै कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भोलि पनि बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । तराई बाहेकका जिल्लामा भने आज घाम लाग्ने अनुमान छ ।

आज बेलुकादेखि भने नेपालमा फेरि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्नेछ । यसकै कारण भोलि र पर्सि देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही ठाउँमा भोलि र पर्सि हल्का पानी पर्ने अनुमान छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया