विश्व नम्बर १ टेनिस खेलाडी जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक

 पुष २२, २०७८ बिहीबार १२:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ ।

अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएको हो । उनलाई मेलवर्नको विमानस्थलमा केही घण्टा रोकिएको थियो ।

त्यसपछि उनले अस्ट्रेलिया प्रवेश गर्ने नियम पालना नगरेको पाइएको थियो ।  कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोप नलगाए पनि हुने गरी छुट दिइएको थियो ।

यस्तै, उनको टिमले कोरोना विरुद्धको खोप नलगाएको अवस्थामा अस्ट्रेलिया प्रवेशका लागि दिइने छुटसहितको भिसाका लागि आग्रह समेत नगरेको पाइएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि व्यक्ति नियम भन्दा माथि नरहेको बताउनु भएको छ ।
 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया