ललिता निवास जग्गा प्रकरणकाे अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

 पुस २२, २०७८ बिहिबार १६:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अध्ययन गरेको बालुवाटारमा रहेकाे ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन आज बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैलाई बुझाएको हो । 

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताउनुभयो । उहाँले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ । दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरू डिर्पोट गर्छाैँ । सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’

सहन्यायाधिवक्ता पाैडेलले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुन सक्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया