शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आजदेखि आठौँ चरणका खेल सुरु हुँदै

 पुस २३, २०७८ शुक्रबार ७:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया