एपीएफ र जावलाखेलले गाेलरहित बराबरी खेले

 पुष २३, २०७८ शुक्रबार १९:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शुक्रवार भएकाे दोस्रो खेलमा विभागीय टाेली एपीएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

तालिकामा सम्मानजनक स्थान हासिल गर्न जितको खोजीमा रहेका दुवै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अङ्क बाँड्दै आठौँ चरणको आफ्नो खेल सकाएका छन् ।
बराबरीपछि एपीएफले आठ खेलमा सात अङ्क जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत् रहँदा ललितपुरे टोली जावलाखेलले आठ खेलमा आठ अङ्क जोडेको छ । जावलाखेल नवौँ स्थानमा यथावत् छ ।

लिगमा भाेलि शनिवार तीन खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । 

यस्तै पोखरा रङ्गशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया