देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिए : गगन थापा

 पुष २४, २०७८ शनिबार १८:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताउनु भएको छ । 

महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनु भएको हो । विनायक सिद्धी कलेजले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनु भयो । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अवको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याउनु भयो ।

उहाँले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो ।

'म अब १०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ' महामन्त्री थापाले भन्नु भयो, 'यसका लागि जम्मा एउटा कुरा चाहिएको छ, सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रा तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अब सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रब्लम’ देखाउने मानिस होइन, सोलुशन खोज्ने मानिस चाहिएको छ ।'

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया