ए डिभिजन लिगमा पुलिस र ब्रिगेडले १–१ गाेलकाे बराबरी खेले

 पुष २६, २०७८ सोमबार १७:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज साेमवार भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र ब्रिगेडले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा नै रोशन राना मगरले गोल गरी ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर ब्रिगेडले अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा नै पुलिसका बुद्ध तामाङले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै पुलिसले आठ खेलमा ७ अङ्क जोडेको छ । पुलिस तालिकाकाे ११ औँ स्थानमा रहेको छ । ब्रिगेड आठ खेलमा ६ अङ्कसहित १२ औँ स्थानमा छ ।

ब्रिगेड र पुलिसको खेलसँगै 'ए' डिभिजन लिगमा आठौँ चरणका खेल सकिएका छन् । नवौँ चरणको खेल यही ३० गते शुक्रवारदेखि सुरु हुनेछ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया