प्रदेश २ लाई हराउँदै एपीएफकाे विजयी सुरुवात

 पुस २६, २०७८ सोमबार १८:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले प्रदेश नम्बर २ लाई २४ रनले हराउँदै विजयी सुरुवात गरेकाे छ । 

कीर्तिपुरकाे त्रिवि मैदानमा आज साेमवार भएकाे खेलमा एक सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा नाै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्याे । उसका हरिशंकर साहले २६ बलमा ३६ रन र मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

बलिङतर्फ एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई/दुई विकेट लिए । यस्तै शरद भेषवाकर र किशोर महतोको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन जोडेको थियो । एपीएफका लागि आसिफ शेखले ६३ र प्रदीप ऐरीले ६० रनको योगदान गरे ।

बलिङतर्फ प्रदेश २ का रितेश सिंहले चार विकेट हात पार्दा विवेक यादवले एक विकेट लिए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया