दाङमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरकाे क्षति

 पुस २७, २०७८ मंगलबार ८:३७:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ ।

विद्युतकाे तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।

अन्तिम अपडेट: चैत १७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया