सर्लाही : चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ

 पुस २८, २०७८ बुधबार १९:४७:५६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।  

बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ । 

काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् । 

वन क्षेत्रमा काठ तस्करी बढेको स्थानीयवासीको गुनासोपछि थप गस्ती बढाइएको सहायक वन अधिकृत सुवास साहले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया