सन्दीपले २ विकेट लिएकाे खेलमा हाेबार्टले सिड्नी थन्डरलाई हरायाे

 पुस २९, २०७८ बिहिबार १४:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले सिड्नी थन्डरलाई नौ रनले हराएको छ । 

आज बिहीवार भएको खेलमा होबार्टले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नी थन्डरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाउँदा एक सय ६८ रनमात्र बनाउन सक्यो । सिड्नी थन्डरका लागि एलेक्स हेल्सले ३८, जेसन सङ्घाले ३१ र नाथन म्याकएन्ड्रियुले ३० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ होबार्टका लागि रिले मेर्डिथ र जोर्डन थोम्पसनले तीन–तीन विकेट लिए । यस्तै सन्दीपले चार ओभरमा २६ रन दिँदै दुई विकेट लिए ।

यसअघि मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७७ रन बनायो । बलिङतर्फ सिड्नी थन्डरका लागि गुरिन्दर सन्धुले दुई विकेट लिए ।

यो जितसँगै होबार्ट १२ खेलमा २४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उति नै खेल खेलेको सिड्नी थन्डर ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: माघ १, २०७८

तपाईको प्रतिक्रिया