पीएम कप : आर्मीले अन्तिम बलमा लक्ष्य भेटायाे

 पुस ३०, २०७८ शुक्रबार १३:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

आज शुक्रवार मुलपानी क्रिकेट मैदानमा भएको समूह 'ए' को खेलमा आर्मीले सुदूरपश्चिमलाई तीन विकेटले हरायो । सुदूरपश्चिमले दिएको एक सय १६ रनको लक्ष्य आर्मीले २० ओभरमा सात विकेट गुमाएर भेटायो । आर्मीका लागि हरि चौहनले ३३ र विक्रम सोबले २९ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय १५ रन बनायो । सुदूरपश्चिमका लागि खडक बोहराले ३७ र वसन्त कार्कीले ३४ रन बनाए । बलिङतर्फ आर्मीका लागि विक्रम सोबले ६ विकेट लिए । 

यो जितसँगै आर्मीले चार खेलमा पाँच अङ्क जोडेको छ । एक खेल कम खेलेको सुदूरपश्चिमको दुई अङ्क छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया