धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

 पुस ३०, २०७८ शुक्रबार १५:६:२८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - कोसी राजमार्ग अन्तर्गत धनकुटा सिधुवा सडक खण्डकाे गुराँसे नजिक आज टिपर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएकाे छ । 

बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ३–००१ क ०५४९ नम्बरको टिपर दुर्घटना हुदाँ चालक प्युठान माण्डवी गाउँपालिका–१ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको ज्यान गएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले उनीहरुको घटनास्थलमा नै ज्यान गएकाे बताउनुभयाे । 

उनीहरुकाे शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ ।  दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया