प्रधानमन्त्री कप क्रिकेटमा शतप्रतिशत नतिजासहित एपीएफ सेमिफाइनलमा

 पुस ३०, २०७८ शुक्रबार १६:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब समूह चरणमा शतप्रतिशत नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले समूह चरणका चार वटै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो ।

समूह ‘बी’ अन्तर्गत आज मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले हरायो । जितसँगै एपीएफले चार खेलमा आठ अङ्क जोडेको छ । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । लुम्बिनीको तीन खेलमा यो दोस्रो हार हो । लुम्बिनी पहिलो खेलमा वाग्मती प्रदेशसँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा प्रदेश-२ लाई ४२ रनले हराएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया