पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण

 पुस ३०, २०७८ शुक्रबार १६:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ पुगेको छ ।

गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । गएको २४ घण्टामा ३ लाख २० हजार २ सय ७६ जनाले कोरोनाको खोप लगाएका छन् ।

योसहित नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले एकमात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले दुई मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया