‘ए’ डिभिजन लिगमा सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई हरायो

 पुस ३०, २०७८ शुक्रबार १९:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २–१ गोलले हराएको हो ।

सातदोबाटोका मार्टिन एडिल्फे सिलो र मार्टिन्स अजयीले एक/एक गोल गरे । मनाङका आफिज ओलावालेले एक गोल फर्काए ।

सातदोबाटोले मनाङलाई पहिलो पटक हराएको हो । जितसँगै सातदोबाटोले ९ खेलमा १२ अङ्क जोडेको छ ।

सातदोबाटो लिगको छैटाैँ स्थानमा उक्लिएको छ । मनाङको ९ खेलमा १९ अङ्क छ । मनाङ दोस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया