अस्ट्रेलियाद्वारा दोस्रो पटक नोभाक जोकोभिचको भिसा रद्द

 माघ १, २०७८ शनिबार ८:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको छ ।

यो निर्णयसँगै उनी आउँदो सोमवारदेखि सुरु हुने १०औँ अस्ट्रेलियन ओपन टेनिसमा सहभागी नहुने सम्भावना बढेको छ । त्यहाँका आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गर्नु भएको हो । उहाँले गृह मन्त्रालय तथा सुरक्षा बल र जोकोभिचको कागजात अध्ययन गरेर यो निर्णय गरेको बताउनु भएको छ ।

जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाले भिसा रद्द गरिएको अस्ट्रेलिया सरकारले जनाएको छ । दोस्रो पटक रद्द भएसँगै उनले अब ३ वर्षसम्म अस्ट्रेलियाको भिसा पाउने छैनन् । जोकोभिचका वकिलले सरकारको यो निर्णयलाई तर्कहीन भनेका छन् । उनले यस विरुद्ध अपिल गर्ने बताएका बीबीसीले जनाएको छ ।

यसअघि गएको जनवरी ६ तारिखमा उनको भिसा रद्द गरिएको थियो । तर, जनवरी १० तारिखमा सङ्घीय अदालतले जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय खारेज गरेको थियो । यसैबीच, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जोकोभिचको भिसा रद्द कोरोना महामारी विरुद्ध सही कदम भएको बताउनु भएको छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया