हत्यामा संलग्न तीन जना पक्राउ

 माघ १, २०७८ शनिबार १७:५२:१२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका – १०, कटानीकी ३२ वर्षीय महिला सावित्री कुमारी महरा चमारको हत्यामा संलग्न तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाले पक्राउ गरेर शनिवार सार्वजनिक  गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका –१०, ताईवान टोल घर भएका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।

उनीहरू तीनै जना एउटै गाउँका हुन् । महिलाको  हत्या भएको एक साताभित्र तीनै जनालाई  प्रहरीले फरकफरक मितिमा पक्राउ गरी अनुसन्धान गर्दा महिलाको हत्या उनीहरुले सामूहिक रुपमा  गरेको प्रहरीमा बयान दिएका छन् ।

आफूहरूले महिलालाई राति घरबाट बोलाए मुख बन्द गरेर घाँटी थिचेर हत्या गरेको र मृतक महिलाको शव उखुबारीमा लगेर आगो लगाए भागेको बयान दिएका छन् । पुस १७ गतेदेखि घरबाटै हराएकी महिला घर नफर्केपछि स्थानीयले पुस २३ गते बिहान उखु बारीमा महिला जलेको अवस्थामा शव फेला परेका थिए ।

हत्यामा संलग्न सन्तोष साहसँग मृतक महिलाको एक वर्ष देखि चिनजान भएको र मृतक महिलाले केही पैसा जग्गा खरिद गर्ने साहलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक महिला र साहबीच प्रेम सम्बन्ध समेत  रहेको र मृतक महिलाले साहलाई विवाह गरेर सँगै लैजान भनेपछि आफूले हत्या गरिएको साहले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।

प्रहरीले हत्यामा प्रयोग गरिए पल्सर २२० सीसीको मोटरसाइकल समेत बरामद गरेको छ। मृतक महिलाको श्रीमान दुई वर्ष देखि वैदेशिक रोजगारीको सिलसिला कतारमा छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • Sarmandas

    Jan. 17, 2022, 3:12 p.m.

    यस्तालाई कडा भन्दा कडा सजाय हुनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया