भारतीय क्रिकेटर विराट कोहलीले छाडे टेस्ट टिमको कप्तानी

 माघ २, २०७८ आइतबार ७:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् ।

हिजो सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् ।

कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए ।

सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए ।

कोहलीको कप्तानीमा भारतले कुल ६८ टेस्ट क्रिकेट खेलेको छ । जसमा ४० मा जित, १७ मा पराजित र ११ खेलमा बराबरी भएको छ ।

उनले ६८ खेलमा २० शतक प्रहार गरेका छन् । उनी सफल कप्तान समेत हुन् ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया