राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री कप टी–टवान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई हराउँदै सान्त्वना जित निकालेको छ ।
समूह ‘ए’ रहेको सुदूरपश्चिमले आज त्रिवि मैदानमा भएको पहिलो खेलमा प्रदेश एकलाई ७ विकेटले हराएको हो । जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभर एक बलमा ३ विकेट गुमाएर भेट्टायो ।
टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो । हारपछि प्रदेश एकको सेमिफाइनलको सम्भावना टुंगिएको छ ।
आर्मी सेमिफाइनलमा पुगेको छ । समूह ‘ए’ बाट यसअघि पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पुलिसले तीन खेलमा तीन वटैमा जित निकालेर अङ्कतालिकाको शीर्षस्थानमा छ ।
आर्मीले चार खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको छ । मैदान भिजेका कारण प्रदेश एक र आर्मीले एउटा खेलमा अंक बाँडेका थिए । समूह ‘बी’ मा एपीएफ समूह विजेताका रुपमा र बाग्मती उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा पुलिस र वाग्मती तथा एपीएफ र आर्मीबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।