एसेज श्रृङ्खलाको पाँचौ खेल पनि अष्ट्रेलियाले जित्यो, एक सय १२ वर्षपछि ४० विकेट पतन

 माघ २, २०७८ आइतबार १७:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसेज श्रृङ्खला अष्ट्रेलियाले ४–० ले जितेको छ । होबार्टमा भएको पाँचौ तथा अन्तिम टेष्टमा इंल्याण्डलाई एक सय ४६ रनले हराएसँगै अष्ट्रेलियाले ४–० ले श्रृङ्खला आफ्नो पक्षमा पारेको हो । 

पाँचौँ टेष्ट जित्न दुई सय ७१ रनको लक्ष्य पछ्याएको इंल्याण्ड तेस्रो दिनको खाना समयपछि एक सय २४ रन बनाउँदा अलआउट भयो । ६८ रन बनाउँदासम्म कुनै पनि विकेट नगुमाएको इंल्याण्डले बाँकी ५६ रन बनाउँदा १० विकेट गुमायो । उसका लागि ज्याक क्राउलीले ३६ र रोरी बन्र्सले २६ रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स, स्कट बोलान्ड र क्यामरन ग्रिनले तीन, तीन तथा मिचेल स्टार्कले एक विकेट लिए । अष्ट्रेलियाा ट्रेभिस हेड एसेजकै उत्कृष्ट खेलाडी घोषित भए । 

पाँचौ टेष्टमा तीन दिनमा ४० विकेट झरेका छन् । सन् १९१० यता कुनै पनि टेष्ट श्रृङ्खलामा ४० विकेट झरेको थिएन । पाँचौ टेष्टको पहिलो पारीमा अष्ट्रेलियाले तीन सय तीन रन बनाएको थियो भने दोस्रो पारीमा एक सय ५५ रन बनायो । यस्तै इंल्याण्डले पहिलो पारीमा एक सय ८८ र दोस्रो पारीमा एक सय २४ रन बनायो । सबै पारीमा दुवै टिम अलआउट भए ।

एसेज श्रृङ्खलाका सबै खेलमा अष्ट्रेलिया हावी भयो । अष्ट्रेलियाले पहिलो खेल नौ विकेटले, दोस्रो खेल दुई सय ७५ रनले र तेस्रो खेल एक इनिङ्स र १४ रनले जितेको थियो । चौथो खेल भने इंल्याण्डले संघर्षपूर्ण बराबरीमा रोक्न सफल भएको थियो ।
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया