पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कासँग जिम्बाब्वे ५ विकेटले पराजित

 माघ ३, २०७८ सोमबार ७:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा श्रीलङ्काले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको २ सय ९७ रनको लक्ष्य श्रीलङ्काले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

श्रीलङ्काका लागि दिनेश चण्डीमाल, पाथुम निशान्का र चारिथ अस्लान्काले अर्धशतकीय पारी खेले । दिनेश र पाथुमले समान ७५  रन जोडे भने चारिथले ७१ रनको योगदान गरे ।  यस्तै, कुशल मेन्डीसले २६ र कामिन्दु मेन्डीसले १७ रन जोडे ।

जिम्बाब्वेका रिचार्डले ३ विकेट लिए भने सिकन्दर राजा र ब्लेसिङ मुजराम्बानीले १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

जिम्बाब्वेका लागि सिन विलियम्सले एक सय रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै, जिम्बाब्वेका रेगिस चिकभाले ७२ रन बनाउँदै अर्धशतकीय पारी खेले ।

श्रीलङ्काका चामिका करुनारत्नेले ३ विकेट लिए भने जेफ्री भान्डरसे र नवन प्रदीपले २-२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १–० को अग्रता बनाएको छ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया