तनहुँ : बालविवाह मुद्दामा पाँच जनालाई कैद

 माघ ४, २०७८ मंगलबार ११:४१:३० | रासस
unn.prixa.net

तनहुँ - बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । 

साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिबानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन।

प्रहरीले गएकाे असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया