हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या

 माघ ५, २०७८ बुधबार १४:५२:४२ | माधवकुमार ओली
unn.prixa.net

प्रतिकात्मक तस्बिर

राेल्पा – रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् ।

सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया