दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

 माघ ६, २०७८ बिहिबार ७:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए ।

यस्तै,  श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे । दक्षिण अफ्रिकाका लुङ्गी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले दुई-दुई विकेट लिए भने एडेन मार्क्रम र केशव महाराजले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले १ सय २९ रन र कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय पारी खेले । यस्तै, क्विन्टन डी कक २७ रन जोडे । भारतका जस्प्रित बुम्राहले दुई तथा रविचन्द्र आश्विनले एक विकेट लिए ।

जितसँगै तीन खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया