नयाँ कानुनको व्यवस्था सच्याउन दबाब दिन पत्रकार महासंघको दोस्रो अभियान

 भदौ २६, २०७५ मंगलबार ८:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पत्रकार महासंघले नयाँ कानूनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान सच्याउन दबाब दिन दोश्रो चरणको अभियान चलाउने भएको छ । 

महासंघको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी र सदस्यको बैठकले भदौ ३१ गतेबाट दोस्रो चरणको दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । महासंघले भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी र देवानी संहितामा भएका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने ठहर गर्दै भएकाले संहिता संशोधन नभएसम्म दबाबमूलक अभियान जारी राख्ने निष्कर्ष निकालेको हो । 

महासंघले सञ्चार सम्बद्ध संघ संगठन, पेशागत संगठन, सञ्चारगृह र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई दबाबमूलक अभियानमा सहयोग गर्न पनि सबैसँग आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया