नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी

 माघ ८, २०७८ शनिबार ७:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।

दोहामा गएराति भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ३६ रनले हराएको हो ।

अफगानिस्तानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४८ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका स्कट एड्वार्डले ६८ रनको अर्धशतकीय पारी खेले ।

अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २२ रन जोडेको थियो । अफगानिस्तानका हस्मुदउल्लाह शाहिदीले ७३ रन तथा रहमत शाहले ७० रनको अर्धशतकीय पारी खेले ।

नेदरल्यान्ड्सका ब्रान्डोन ग्लोभरले ३ विकेट लिए । त्यस्तै फ्रेड क्लासेनले २ विकेट लिए । यो जितसँगै अफगानिस्तानले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया