गठबन्धनले पालिकाको चुनाव सार्ने बहानाबाजी खोजिरहेको छ : एमाले

 माघ ९, २०७८ आइतबार १३:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकारले पालिकाको चुनाव सार्ने बहानाबाजी खोजिरहेको आरोप लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य निकालेर पालिकाको चुनाव सार्ने बहानाबाजी आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । सरकारको ६ महिने कार्यकालबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गर्नुभएको छ ।

आठ पृष्ठ लामो १५ बुँदे वक्तव्यमा अध्यक्ष ओलीले सरकार पालिकाको चुनाव सार्न बहानाबाजी खोजिरहेको तर एमाले समयमै चुनाव हुनुपर्नेमा स्पष्ट र दृढ रहेको दोहोर्याउनुभयो । वक्तव्यमा गठबन्धन सरकार पालिकाको चुनावलाई पर धकेल्न र देशमा राजनीतिक अन्याेल सिर्जना गर्न उद्धत रहेको तथा अर्थतन्त्र नकारात्मक हुनुमा वर्तमान सरकार नै दोषी रहेको उल्लेख छ ।

चुनाव धकेल्न नपाइने र एमाले जुनसुकै बेला चुनाव भए पनि सामना गर्न तयार रहेको पनि वक्तव्यमा उल्लेख छ । प्रतिनिधि सभाका सभामुख प्रमुख प्रतिपक्ष दललाई विभाजित गर्ने असंवैधानिक, असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न रहेको एमालेको आरोप छ । त्यसै कारण संसद् निरन्तर अवरुद्ध रहेको पनि एमालेले जनाएको छ ।

देशमा कार्यकारी अङ्गका रुपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्न असफल रहेको र यसले देशलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा गरेको एमालेको टिप्पणी छ । बैंकहरुमा तरलताको अभावले व्यवसायको गतिशीलता र विस्तारमा गम्भीर नकारात्मक प्रभाव पारेको भन्दै सरकारले उद्यमीलाई तर्साउने र बार्गेनिङ गर्ने काम गरिरहेको उल्लेख छ ।

विज्ञप्ति : 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया