साढे ३७ करोड रुपैयाँ बराबरको अमेरिकी डलर अवैध कारोबार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

 माघ ११, २०७८ मंगलबार १४:२३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अनलाइनमार्फत अमेरिकी डलरको अवैध कारोबार गरेको आरोपमा चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका घर भइ काठमाण्डौको रातोपुल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र दिनेश खड्काकी साथी अनिता धितालविरुद्ध मुद्दा दायर भएकाे हाे । उनीहरूविरुद्ध ३१ लाख २७ हजार आठ सय ९६ अमेरिकी डलर अर्थात् ३७ करोड ६४ लाख ११ हजार रुपैयाँ बिगोसहित राजस्व अनुसन्धान विभागले उच्च अदालत  पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरूले सामूहिक रूपमा मिलेमतो गरेर मोबाइल एप्स ई स्किल र बिनान्स प्रयोग गरेर विदेशी विनिमय सम्बन्धी कसुर गरेको विभागले जनाएको छ । अभियुक्त दिनेश खड्काले ई स्किल र बिनान्स एपमार्फत रकम लोड तथा अनलोड गरेर अमेरिकी डलर सटही गरी ग्लोबल आईएमई बैंकबाट नौ करोड ७९ लाख लिएका विभागले जनाएकाे छ । यस्तै अनिता खड्काले लक्ष्मी बैंकबाट २० करोड ४२ लाख, नरबहादुर खड्काले ग्लोबल आईएमई बैंकबाट पाँच करोड ६४ लाख र भगवती खड्काले एनआईसी एसिया बैंकबाट एक करोड ६४ लाख गरी ३७ करोड ६४ लाख रुपैयाँ लिएको विभागकाे भनाइ छ । 

उनीहरूविरुद्ध विदेशी विनिमय ऐन र राष्ट्र बैंकको कसुरअनुसार हदैसम्म बिगो र तीन वर्षको कैद सजायसहित उच्च अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया