मच्छिन्द्रलाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइलनमा

 माघ १२, २०७८ बुधबार १७:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ । 

पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रलाई तीन–एक गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । ७१ औँ मिनेटमा खेलाडी करिम रातो कार्ड खाँदै बाहिरिएपछि मच्छिन्द्र क्लब १० खेलाडीमा सीमित थियो । 

एपीएफका खेलकाे २५ औँ मिनेटमा सनिश श्रेष्ठ, ७७ औँ मिनेटमा प्रदीप लामा र इन्ज्युरी समयको सातौँ मिनेटमा नवीन लामाले गोल गरे । मच्छिन्द्रका लागि खेलकाे ४० औँ मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गरे ।

एपीएफले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया