गाैतमबुद्ध क्रिकेट रङ्गशालाकाे काम प्राथमिकताका साथ अघि बढाउँछाैँ : मन्त्री गहतराज

 माघ १३, २०७८ बिहिबार २०:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आज बिहीवार निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाकाे अवलाेकन गर्नुभएकाे छ । 

रङ्गशाला सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रमकाे अवसरमा मन्त्रीसहित मन्त्रालयकाे टाेली र वाग्मती प्रदेशका मन्त्रीललगायतले अवलाेकन गरेका हुन् । 

अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले रोकिएको रङ्गशाला निर्माणको कामलाई सरकारको तर्फबाट जति सक्दो छिटो प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यसअघि धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र देश तथा विदेशबाट पनि सहयोग नपाएकाे भन्दै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । त्यसपछि महानगरकी मेयर रेणु दाहालले स्वामित्व लिने प्रतिबद्धता जनाउनुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया