टी–२० विश्व कप छनोट : उद्घाटनमा नेपाल र ओमान खेल्ने

 माघ १४, २०७८ शुक्रबार १५:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट 'ए' अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज शुक्रवार सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने भएकाे हो ।

ग्लोबल छनोटअन्तर्गत नेपाल रहेकाे समूह 'ए' मा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह १ मा नेपाल, ओमान, क्यानडा, र फिलिपिन्स छन् भने समूह २ मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् । ओमानमा नै आयोजना हुने उद्घाटन खेल आउँदाे फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा स्थान बनाउने छन् । 

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ । 

नेपालले विश्व कप छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० शृङ्खला खेल्नेछ । ओमानमा हुने त्याे शृङ्खलामा नेपालसहित यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानबीच प्रतिस्पर्धा हुनेछ । त्याे शृङ्खला माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ । 

नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते यूएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया