आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

 माघ १५, २०७८ शनिबार ६:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् ।

पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ ।

२०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन ।

सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो । विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

गएको ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक सहारा क्लबसहित १० टोली सहभागी थिए । आहा रारा गोल्ड कप मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया