वैदेशिक रोजगारीमा हुँदा महिलालाई 'ब्ल्याकमेल' गर्ने एक जना विमानस्थलबाटै पक्राउ

 माघ १५, २०७८ शनिबार १७:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा भएको बेला उतैबाट नेपालमा एक महिलालाई 'ब्ल्याकमेल' गर्ने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थ्लबाट पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट घर फर्किन लागेका कास्की रुपा गाउँपालिका–७ का ३१ वर्षीय मुक्तिनाथ खनाललाई महानगरीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नेपालमा एक जना महिलालाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर म्यासेन्जरमा कुराकानी गर्ने र ललाइफकाइ, डर धम्की देखाएर ती महिलाको नाङ्गो फोटो तथा भिडियो प्राप्त गरि उनलाई 'ब्ल्याकमेल' गर्ने गरेका थिए । उनले ती फोटो पीडित महिलाको श्रीमान् तथा आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा कुन देशमा गएको भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया