नाडालले जिते अस्ट्रेलियन ओपन टेनिसकाे उपाधि, ग्रान्डस्लाम सङ्ख्या २१ पुर्‍याए

 माघ १६, २०७८ आइतबार २०:११:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् । 

उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै कीर्तिमानी २१ औँ ग्रान्डस्लाम जित्न सफल भएका हुन् । रोजर र नोभाकले समान २० औँ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

यूएस ओपन च्याम्पियन मेद्भेदेभ दाेस्राे उपाधि जित्न चाहन्थे तर त्याे सफल भएन । सुरुवाती खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका २५ वर्षीय उनले पछिसम्म त्यसलाई निरन्तरता दिन सकेनन् । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया