अनलाइनबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाण्डाैबाट पक्राउ

 माघ १७, २०७८ सोमबार १३:३४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

हिजाे आइतवार राति काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये ६६ जना पुरुष र आठ जना महिला रहेका छन् ।

रेस्टुरेन्टमा ठूलो सङ्ख्यामा मान्छेहरू जम्मा भएर अनलाइन जुवा खेलेको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो । उनीहरूको साथबाट ६ लाख ९० हजार रुपैयाँ नगद, अनलाइन जुवा खेलाउन प्रयोग हुने मोबाइल लगायतका सामग्री बरामद गरिएको पनि महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पछिल्लो समय अनलाइनबाट जुवा खेलाउने क्रम बढेको भन्दै सक्रियता बढाइएको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया