एरिक्सन ब्रेन्टफाेर्डमा अनुबन्ध

 माघ १७, २०७८ सोमबार १६:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस क्लब ब्रेन्टफाेर्डले टोटेनह्यामका पूर्व मिडफिल्डर क्रिस्टेन एरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ ।

सन् २०२० को युरो कपमा फिनल्यान्डसँगको खेलका क्रममा हृदयाघात भएपछि डेनमार्कका खेलाडी एरिक्सनले फुटबल खेलेका छैनन् । त्यस खेलमा हृदयाघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र अर्थात् (आईसीडी) जडान गरिएको छ ।

केही समयअघि एरिक्सनलाई इटाली क्लब इन्टरमिलानले रिलिज गरेको थियो । 'सिरी ए' क्लबले उनले शरीरमा जडान गरेको इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर अर्थात् आईसीडी नहटाएसम्म इटलीमा खेल्न नपाउने भएपछि इन्टरमिलानसँगको सम्झौता रद्द भएको थियो । 

ब्रेन्टफोर्डमा अनुबन्धपछि एरिक्सनले आफू चाँडो भन्दा चाँडो मैदान फर्किन हतारिएको बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया