बर्दियामा टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको ज्यान गयो

 माघ १८, २०७८ मंगलबार ११:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको छ।

बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।
 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया