बिरामीको परीक्षणसम्बन्धी जानकारी एकीकृत गर्ने स्वास्थ्य मन्त्रालयक...
माघ १८, २०८१ शुक्रबार
विश्वभर युवाअबस्थामा क्यान्सरका घटनाहरु बढेको पाइएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् १९९० देखि २०१९ को बीचमा ५० वर्षमुनिका व्यक्तिहरूमा क्यान्सरको घटना ७९ प्रतिशतले बढेको छ ।
यस्तै यो उमेर समूहमा क्यान्सरसँग सम्बन्धित मृत्युदर २८ प्रतिशतले बढेको पाइएको छ । अध्ययनले विश्वभरिका दुई सय चार वटा देशमा २९ प्रकारका क्यान्सरहरूको विश्लेषण गरेको थियो ।
यस्तै अमेरिकाको क्यान्सर सोसाइटीको नयाँ प्रतिवेदन अनुसार सन् २०१२ र २०२१ को बीचमा ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा स्तन क्यान्सरको दर वार्षिक एक दशमलव चार प्रतिशतले बढेको छ । युवाहरुमा नाकको पछाडि, पेट र ठूलो आन्द्रा तथा मलाशयको क्यान्सरको दर पनि बढेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरको जोखिम बढ्नुमा मोटोपना र होर्मोन अनियमितता मुख्य कारण हुन् । द ल्यान्सेट प्रतिवेदन अनुसार अमेरिकामा क्यान्सर भएका १७ युवामध्ये १० जनामा मोटोपना थियो । खानपानमा रातो मासु र नूनको बढी प्रयोग, फलफूल र दूधको कम प्रयोग तथा जाँडरक्सी र चुरोटबिडीले पनि क्यान्सर बढाएको पाइएको छ ।
वैज्ञानिकहरूले कृत्रिम प्रकाश, माइक्रोप्लास्टिक र अति प्रशोधित खानाको प्रयोग पनि क्यान्सरको कारक हुने बताएका छन् । क्यान्सर रोकथामका लागि स्वस्थ खानपान, नियमित व्यायाम र स्वास्थ्य परीक्षणमा विज्ञहरुको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।