जेठ ५ गतेअघि नै स्थानीय तहकाे चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

 माघ १८, २०७८ मंगलबार १४:४२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने भन्दै तयारीमा लाग्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते वा त्योभन्दा अघि नै एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भन्दै तयारीमा लाग्न निर्देशन दिनुभएको भेटमा सहभागी नेता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसैबीच स्थानीय तहको चुनावबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रतिनिधिबीच छलफल हुँदैछ । उहाँले चुनावबारेमा छलफल गर्नका लागि आयोगका पदाधिकारीलाई आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएकाे हाे । 

गएको शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तहको चुनाव जेठभित्रै गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आउँदो जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि चुनाव गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया