नेदरल्यान्ड्सले नेपाललाई दियाे १ सय ४१ रनकाे लक्ष्य
माघ २०, २०८१ आइतबार
खोटाङ – नेपाली कांग्रेस खोटाङ बराहपोखरी गाउँपालिकाले पालिकामा सामाजिक सुरक्षा भत्ता अनियमिततामा मुछिएका दोषीलाई कारबाही गर्न ढिलासुस्ती गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस बराहपोखरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी प्रतिवेदन बुझाएको दुई वर्षसम्म सार्वजनिक नगर्नु, सार्वजनिक गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत दबाब सिर्जना गर्दा मात्र सार्वजनिक गरिनु र दोषीमाथि अहिलेसम्म कुनै कारबाही नहुनुले गम्भीर आशङ्का उत्पन्न गराएको जनाएको छ ।
मृत्यु भइसकेका, हुँदै नभएका तथा बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको नाममा सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको विषयमा बहस भइरहने तर काम कारबाही प्रक्रिया अगाडि नबढेकोप्रति कांग्रेस बराहपोखरी गाउँपालिकाका सभापति खिलाराज राई (दीपक) ले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएकाे हाे ।
६ वडा रहेको बराहपोखरी गाउँपालिकामा पहिल्यै ज्यान गइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरि सामाजिक सुरक्षा भत्ता निकासा गरी अनियमितता भइरहेको तथ्य सार्वजनिक भएको थियो । सामाजिक सुरक्षा भत्ता अनिययमितताको विषयमा २०७६ सालमै अख्तियारमा उजुरी परेको थियो ।
फर्जी लाभग्राही खडा गरेर सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो हप्ता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।