नेपालले मरिससलाई हरायाे, तनावपूर्ण खेलमा ३ खेलाडीलाई 'रेड कार्ड'

 माघ १८, २०७८ मंगलबार १९:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मरिसससँगकाे दाेस्राे मैत्रीपूर्ण खेल पनि नेपालले जितेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले मरिससलाई एक–शून्य गाेलले हराएकाे हाे । नेपालका लागि खेलकाे १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेकाे गाेल नै निर्णायक बन्याे । 

यस्तै नेपाली किपर किरण चेम्जाेङले पेनाल्टी प्रहार बचाए । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएकाे पेनाल्टी किरणले राेकेका हुन् । आजकाे खेलमा दुवै टाेलीले पटक–पटक फउल गरे । 

खेलकाे दाेस्राे हाफ भने केही तनावग्रस्त बनेकाे थियाे । आजकाे खेलमा दुवै टाेलीका खेलाडीले रेड कार्ड पाए । खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा सीमित भयाे । दुवै टाेलीका खेलाडीले घम्साघम्सी गरेपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका पुजन उपरकोटी पनि रातो कार्ड पाउँदै मैदानबाट गए । यस्तै रेफ्री नविन्द्र महर्जनले नेपालका सहायक प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाए ।

यस्तै खेलकाे ७८ औँ मिनेटमा मरिसस नाै खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएल रातो कार्ड पाउँदै मैदान बाहिर गए । 

नेपालले मरिसससँग दुई खेलकाे मैत्रीपूर्ण खेल खेलेकाे हाे । यसअघि गएकाे शनिवार भएकाे खेल नेपालले एक–शून्यले जितेकाे थियाे । नेपाललाई जिताउन दुई वर्षपछि टाेलीमा फर्किएका विमल घर्तीमगरले गाेल गरेका थिए । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Aasman Tamang

    Feb. 1, 2022, 7:13 p.m.

    अवस्था नियन्त्रण गर्नको लागि त ठीकै हो, तर पहिलोपटक अर्कैले हानेको देखिन्छ , अवस्था नियन्त्रणवाहिर गएन, त्यही राम्रो हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया