स्थानीय तहकाे चुनाव गर्न झन्डै १२ अर्ब रुपैयाँ खर्च हुन्छ : आयाेग

 माघ १८, २०७८ मंगलबार १९:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्नका लागि तयार रहेको बताएको छ । आज मङ्गलवार प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते स्थानीय तहको चुनाव गर्नका लागि मिति प्रस्ताव गरेको आयोगले विज्ञप्ति निकालेर चुनाव गर्न तयार रहेको बताएको हो । 

सामान्यतयाः चुनाव गर्न एक सय २० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायतका काम निरन्तर भइरहेकाले आयोगले स्थानीय तहको चुनाव गर्न तयार रहेकाे विज्ञप्तिमा जनाएकाे छ । आयोगले स्थानीय तहको चुनाव एकै चरणमा गर्नु सकारात्मक रहेको पनि बताएको छ ।   

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । सात सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्दा झन्डै १२ अर्ब रुपैयाँ खर्च हुने आयोगका पदाधिकारीले बताएका छन् । चुनावमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ । 

२०७४ सालमा तीन चरणमा चुनाव गर्दा आठ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ । यसपालि कोरोना भाइरसको जोखिम भएकाले पनि यसअघिको भन्दा खर्च बढ्ने आयोगको अनुमान छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया