राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारत १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।
जितका लागि भारतले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ ओभर ५ बलमा १ सय ९४ रनमा समेटियो ।
अस्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका विक्की ओस्टलले तीन, निशान्त सिन्धु र रवि कुमारले दुई/दुई विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको कुलिज क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
भारतका कप्तान यश धुल र शेख राशिदले उत्कृष्ट पारी खेले । यश धुलले १ सय १० रनको शतकीय पारी खेले । त्यस्तै शेख राशिदले ९४ रन जोडे । अस्ट्रेलिया ज्याक निस्वेट र विलियम साल्जम्यानले दुई/दुई विकेट लिए। फाइनलमा भारतले इङ्गल्यान्डसँग खेल्नेछ ।
अस्ति भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इङ्ग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । फाइनल खेल भोलि हुनेछ । अहिलेसम्म भारतले सर्वाधिक ४ पटक र अस्ट्रेलियाले तीन पटक १९ वर्षमुनिको विश्व कप जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।