विश्व कप छनोट : क्यानडाले एल साल्भाडोर र अमेरिकाले होन्डुरसलाई हरायो

 माघ २०, २०७८ बिहिबार ११:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई हराएको छ ।

कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएको हो ।

क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । जितसँगै क्यानडा विश्व कप छनाेटको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ ।

यस्तै अर्को खेलमा अमेरिकाले होन्डुरसलाई हराएको छ । अमेरिकाले होन्डुरसलाई ३–० गोलले हराएको हो । अमेरिकाका वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क्रिस्चियन पुलिसिचले एक/एक गोल गरे । जितसँगै अमेरिकाले ११ खेलमा २१ अङ्क जोडेको छ ।

अमेरिका अङ्क तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाको विश्व कपमा पुग्ने सम्भावना कायमै छ । होन्डुरस तीन अङ्क जोडेर पुछारमा रहेको छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया